रोल्पामा दश नयाँ झोलुङ्गेपुल निर्माण सुरु

रोल्पा , माघ ५-रोल्पामा यस आवमा १० वटा नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको छ । एक करोड ८० लाख, ७० हजार विनियोजन गरी पुलको निर्माण कार्य सुरु गरिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ ।१० ओटै पुलजिल्ला विकास समितिमार्फत विकास सरोकार समाज ९डिकोस० रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा निर्माण गर्न लागिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाका सव इन्जिनियर करुणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

दशवटै झोलुङ्गे पुल निर्माण हुनसके एक हजार ५०० घरधुरीका करिब ११ हजार जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।रोल्पाको जेदबाङ–१ र खुङ्ग्री–९ जोड्ने लाल्टीबाङमा, जङ्कोट–३ र ह्वामा–२ जोड्ने ग्वालातुपमा, राङसी–४ र भाबाङ–३ जोड्ने दोमइखोलामा, राँक–५ र राँक–४ जोड्ने वर्मथानमा, राङ्सी–२ र धबाङ–५ जोड्ने रेतीबली, ओत– ६ र ओत–८ जोड्ने गोठीखोला, ओत–५ र तालाबाङ–१ जोड्ने हलङसेरा, सीर्प–७ स्थित सुर्खे खोलामा सुर्केखोला, तालाबाङ–८ र भाबाङ–६ जोड्ने माडीखोलास्थित पीपलबोट ट्रस तथा धबाङ–६ र धबाङ–९ जोड्ने धबाङ ट्रस पुलको नयाँ निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ ।