विश्व वन्य जन्तु दिवसमा ओभरी देखि अघैया सम्म सरसफाई

मधुपौडेल
बाँके,फागुन,२०-विश्व वन्य जन्तु दिवस तथा समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण दिवसका अवसरमा बाँके राष्ट्रिय निकुन्ज महादेवपुरी ७ ओभरी देखि अघैया सम्मको करिब २१ किलोमिटर पुर्वपश्च्मि महेन्द्र राजमार्गमा सरसफाइ गरिएको छ ।बाँके राष्ट्रिय निकुन्ज तथा जिल्ला वन कार्यालय , वन तथा वातावरण संरक्षण समिति महादेवपुरी ७ बाँके , सामुदायीक वन तथा वातावरण

संरक्षण समिति संरक्षण समन्वय समिति कम्दी बाँकेको संयुक्त आयोजना तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र समुदायमा आधारित चोरी शिकारी युवा जागरण संजालको सहयोगमा भएको उक्त सरसफाइ कार्यक्रममा विभिन्न ७ ओटा समुह बनाइ एक समुहले ३ किलोमिटरका दरले सरसफाइ गरेका थिए ।

युवाहरुलाइ संरक्षण र संबद्धनका क्षेत्रमा संलग्न बनाउनका लागि दिवसका अवसरमा सरसफाइ कार्यक्रम गरिएको वन तथा वातावरण संरक्षण समिति महादेवपुरीका अध्यक्ष तुलाराम खत्रीले बताउन’भयो । निकुञ्ज क्षेत्र पर्ने उक्त राजमार्गको जंगलमा जथाभावी रुपमा फ्याकिएका पानीका बोत्तल , प्लाष्टीक , शिशा ,प्याष्टीकहरु हटाइ सरसफाइ गरिएको हो ।

निकुन्ज क्षेत्रमा जथाभावी रुपमा गरिने फोहोरका कारण बन्यजन्तुहरुलाइ विभिन्न प्रकारका रोगहरु लाग्ने भएकाले नियमित रुपमा दिवस तथा पर्वहरुका अवसर पारी सरसफाइ गरिदै आएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पर्जापुनले बताउनुभयो ।

सरसफाइ पश्चात अन्तरक्रिया समेत गरिएको थियो । अनतरक्रिया कार्यक्रममा बोल्ने अधिकाशंले बन्य जन्तु संरक्षणका लागि निकुन्जले मात्रै गरेर नहुने भएकाले त्यसका लागि सरोकारवाला सबै निकायले काम गनुपर्ने बताएका थिए  । निकुञ्ज संरक्षण संगै साम’दायीक वनहरुलाइ पनि संरक्षण गर्नुपर्ने स्थानियहरुको भनाइ थियो ।