कैलपाल हस्पीटलका विद्यार्थीद्धारा स्वास्थ्य र विज्ञान प्रविधी हस्तकलाका सामग्रीको प्रदर्शनी

डम्मर थापा
बाँके,फागुन २०-नेपालगंजको कैलपाल हस्पीटल एण्ड कलेज प्रालीका विद्यार्थीहरुले आज स्वास्थ्य उपचार पद्धती र  विज्ञान प्रविधीसँग सम्बन्धीत हस्तकलाका सामग्रीहरुको प्रदर्शनी गरेका छन् ।  कलेजमा आयोजित कार्यक्रममा नेपालगन्जका विभिन्न विद्यालयका विद्यार्थीहरुमाझ आफुले बनाएका सामग्रीहरु प्रदर्शन गरेका हुन् ।

उनीहरुले रेडियोलोजी प्रविधीलाई बुझाउने हस्तकलाको सामग्री, पोषण, परिवार नियोजन, वातावरण सन्तुलन र पानी सुद्धिकरण गर्ने तरिका बुझाउने विभिन्न किसिमका चार्ट र सामग्रीहरुको प्रदर्शनी गरेका छन् । कार्यक्रममा विज्ञान प्रविधी र स्वास्थ्य उपचार पद्धतीलाई पनि हाम्रै वरीपरी रहेका वस्तुहरुको प्रयोग गरी सहज तरिकाले बुझ्न र बुझाउन सकिन्छ भन्ने शन्देश दिन कार्यक्रमको आयोजना गरिएको कलेजका प्राचार्य ज्योती शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो  कलेजमा सिएमए, रेडियोग्रफी, एचए लगायत विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभिागीता रहेको कार्यक्रमले उनीहरुको सृजनशिल क्षमताको पनि उजागर हुने विश्वास लिएको शर्माको भनाइ छ । कलेजले अतिरीक्त क्रीयाकलपलाई पनि जोड दिदै आएको तर विज्ञान प्रदर्शनी कार्यक्रम पहिलोपटक आयोजना गरिएको जानकारी दिँदै उहाँले आगामी दिनमा प्रदर्शनीलाई निरन्तरता दिइने बताउनुभएको छ ।