काठमान्डौं,मंसिर,२२-
देशमा भएको पहिलो र दोश्रो चरणमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म मतपरिणाम सार्वजनिक भएको १० स्थानमध्ये सबैभन्दा बढि नेकपा एमाले ७ स्थानमा विजयी भएको छ। यसैगरी, माओवादी केन्द्र २ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन्।
प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले अझै खाता खोल्न सकेको छैन। यस्तै प्रदेसभा तर्फमा पनी नेकमा एेमाले अग्र स्थानमा देखिएको छ । हालसम्म एमालेले ११ स्थानमा जित निकालेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ८ र नेपाली काँग्रेसले ३ ठाँउमा जीत नीकालेको छ, भने स्वतन्त्रले १ सिट जितेको छ ।
प्रतिनिधिसभाको मतपरिणाम
नेकपा एमाले
१.पाल्देन छोपाङ गुरुङ, मनाङ
२.प्रेमप्रसाद तुलाचन, मुस्ताङ
३.भैरवबहादुर सिंह, बझाङ
४.भुपेन्द्रबहादुर थापा, म्याग्दी
५.गोपालबहादुर बम, मुगु
६.धनबहादुर बुढा, डोल्पा
७.लालबहादुर थापा, बाजुरा
माओवादी केन्द्र
१.कमला रोका, पूर्वी रुकुम
२.जनार्दन शर्मा, रुकुम पश्चिम
स्वतन्त्र
१.छक्कबहादुर लामा, हुम्ला
प्रदेशसभाको मतपरिणाम
नेकमा एमाले
१. नन्दसिंह बुढा, डोल्पा क्षेत्र नं(क)
२.नरदेवी पुन, म्याग्दी क्षेत्र नं(ख)
३.इन्द्रधारा विष्ट, मुस्ताङ क्षेत्र नं(क)
४.महेन्द्रबहादुर थकाली, मुस्ताङ क्षेत्र नं(ख)
५.पदमबहादुर रोकाय, जुम्ला क्षेत्र नं(ख)
६.अर्जुनबहादुर थापा, बझाङ क्षेत्र नं(क)
७.बलदेव रेग्मी, बाजुरा क्षेत्र नं(क)
८.प्रकाशबहादुर शाह, बाजुरा क्षेत्र नं(ख)
९.राजेन्द्र पाण्डे, धादिङ–२ क्षेत्र नं(क)
१०.करवीर शाही, जाजरकोट क्षेत्र नं(ख)
११.अम्बिरबाबु गुरुङ, ओखलढुंगा क्षेत्र नं(क)
माओवादी केन्द्र
१.पूर्णबहादुर घर्ती, पूर्वी रुकुम क्षेत्र नं(क)
२.तेजबहादुर ओली, पूर्वी रुकुम क्षेत्र नं(ख)
३.विनोद केसी, म्याग्दी क्षेत्र नं(क)
४.देवकी मल्ल, बझाङ क्षेत्र नं(ख)
५.जगत सिंखडा, धादिङ क्षेत्र नं(ख)
६.रातो कामी, रुकुम पश्चिम क्षेत्र नं(क)
८.नरेश भण्डारी, जुम्ला क्षेत्र नं(क)
नेपाली कांग्रेस
१.चिन्तबहादुर घले, मनाङ क्षेत्र नं(क)
२.प्रभात तामाङ, रसुवा क्षेत्र नं(क)
३.जीवनबहादुर शाही, हुम्ला क्षेत्र नं(ख)
स्वतन्त्र
१.राजीव गुरुङ, मनाङ क्षेत्र नं(ख)