सामाजिक विकास मन्त्रीको उपस्थितिमा श्रन्दाञ्जली सभा सम्पन्न

बाँके,साउन,१७-
बाँके क्षेत्र नं १ कि सभाषद कृण्णा के-सी- को स्व-बुबा चन्द्र बहादुर खत्रीको १३ अौं दिनको पुण्य तिथिमा सामाजिक विकास मन्त्री सुर्दशन बरालको उपस्थितिमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेताहरु अशोक रोकाय, अशोक कोईराला , पूर्व सांसद दल बहादुर सुनार, पत्रकारहरु, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सभाषद कृण्णा के-सी- नमुनाले अाफना स्व-बुबाको सम्झनामा ग्रामीण पत्रकारीता,गरिब जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गर्नका लागि अक्षयकोष बनाउने, केही ठाउँमा चौतारी निर्माण गरिने बताउनु भएको थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री बरालले अब सबै जुटेर विकास निर्माण गर्ने बेला भएको र मन्त्री तथा सभाषदहरुले काम गरे नगरेको निरीक्षण अाम जनताहरुले गर्नु पर्ने बताउनु भएको थियो ।