कोरोनाबाट जापानमा एकै दिन ७ जनाको ज्यान गयो ,मृतकको संख्या ७७ पुग्यो

नयाँ २५९ जना संक्रमित थपिए : संक्रमित संख्या २९ सय ३३

जापान,चैत,१९-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा एकै दिनमा ७ जनाको ज्यान गएको छ । बुधबार सम्म जापानमा कोरोना भाईरसका कारण ज्यान जानेको संख्या ७७ पुगेको छ । यो अहिले संम्मकै उच्च हो ।  
 
यहाँ हरेक दिन नयाँ संक्रमित थपिदै गएका छन् । मंगलबार बाट बुधबार सम्म नयाँ २५९ जनामा संक्रमित देखिएको छ ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या २९ सय ३३ जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १ हजार ४३ जना उपचारपछि निको भएर घर फर्केका छन् ।यो संख्या मंगलवार कै यथावत रहेको हो ।जापानको अर्को यामागाता केनमा पनी १ जनालाई कोरोना भाईरस लागेको पुष्टी भएको छ ।
 
केहि दिन यता राजधानी टोकियोमा संक्रमीतको संख्या अत्याधीक रुपमा बढेको छ । कहिले टोकियोमा संक्रमितको संख्या सबै भन्दा बढी छ । मंगलबार मात्र टोकियोमा एकै दिन ७ जनाको ज्यान गएको छ । यसैबिच अन्य केनहरुमा पनी कोरोना भाईरसको संक्रमण घट्दो भन्दा बढ्दो मात्रामा रहेको छ  । पछिल्लो समय फुकुओका केनमा पनी संक्रमितको संख्या उल्लेखिय मात्रामा बढेको बढै छ । मंगलबार मात्र फुकुओकामा १७ जनामा संक्रमित देखिएको छ ।

जापानको ४७ (केन) मध्य ४३ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

 जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: १७६,मृत्यु: जना
२. आवमोरी केनमा संक्रमित: ८ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ७ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: ५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ४ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: २४ जना, मृत्यु: ०
७.तोचिगी केनमा संक्रमित: १४ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १८ जना, मृत्यु: १ जना
९.साइतामा केनमा संक्रमित: ९९ जना, मृत्यु: २ जना
१०.चिबा केनमा संक्रमित: १७२ जना, मृत्यु: १ जना 
११.टोक्योमा संक्रमित: ५२१ जना, मृत्यु: १६ जना
१२.खानागावा केनमा संक्रमित: १४२ जना, मृत्यु: जना
१३.निईगाता केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १३ जना, मृत्यु: ०
१५.फुकुई केनमा संक्रमित: २० जना, मृत्यु: ०
१६. यामानासी केनमा संक्रमित: ५ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ८ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: २६ जना, मृत्यु: ०
१८. सिजुओका केनमा संक्रमित: ११ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: १७८ जना, मृत्यु: १९ जना
२१.मिए केनमा संक्रमित: १० जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: ७ जना, मृत्यु: ०
२३. क्योउतो केनमा संक्रमित: ६५ जना, मृत्यु: ०
२४.ओओसाका केनमा संक्रमित: २४४ जना,मृत्यु: २ जना
२५. हियोउगो केनमा संक्रमित: १४८ जना, मृत्यु: ११ जना
२६.नारा केनमा संक्रमित: ११ जना, मृत्यु: ०
२७.वाकायामा केनमा संक्रमित: १८ जना, मृत्यु: १ जना
२८.ओकायामा केनमा संक्रमित: ४ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: ६ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ९ जना, मृत्यु: ०
३४ कोउची केनमा संक्रमित: १७ जना, मृत्यु: ०
३५. फुकुओका केनमा संक्रमित: ४६ जना, मृत्यु: ०
३६.सागा केनमा संक्रमित: २ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: २ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: १४ जना, मृत्यु: ०
३९. ओइता केनमा संक्रमित: २९ जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: ३ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ९ जना, मृत्यु: ०

४३. टोयामा केन संक्रमित: २ जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित : १ जना,मृत्यु:०

बाँकि ३ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।