भरतपुर १९ मा रेणुको अग्रता,ज्ञवाली ३६७ ले पछाडी

कुल मतमा भने ज्ञवाली ४१७ ले अघि

भतरपुर,साउन,२१-

भतरपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः भएको मतदानमा नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन्।

(आज) शनिवार बिहानसम्म गणना भएको दुई हजार मत मध्ये दाहालले १ हजार ५६ मत ल्याएकी छिन् भने नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ६ सय ८९ मत प्राप्त गरेका छन् ।

दाहालले ३ सय ६७ ले अगाडी छिन्। यो वडामा अब ८ सय ७० मत गणना गर्न बाँकी छ। वडा नं. २० को भने मतगणना सुरु भएको छैन।

कुल मतमा भने ज्ञवालीले ४१ हजार ६ सय ६९ मत पाएर अग्रता लिइरहेका छन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार २ सय ५२ मत ल्याएकी छिन्।

रेणुले निरन्तर मतान्तर छोट्याउँदै लगेकी छिन्। अहिले उनी ज्ञवाली भन्दा ४१७ मतले पछाडी छिन्।

पहिलो चरणको स्थानीय तहको बैशाख ३१ गते भरतपुर महानगरपालिकामा भएको निर्वाचनको मतगणना हुने क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछि साउन २० गते शुक्रवार वडा नं‍‍. १९ मा पुन मतदान भएको थियो।