आज सोनाम ल्होसार र ग्याल्बो ल्होसार पर्व मनाईदै

फाईल तस्विर !!

काठमाडौं,माघ,३०-आज सोनाम ल्होसार र ग्याल्बो ल्होसार पर्व मनाईदै छ ।तामाङ समुदाय र हिमाली आदिवासी समुदायले सोनाम ल्होसार र ग्याल्बो ल्होसार पर्व मनाइ रहेका छन् ।

तमाङ समुदायले मञ्जुश्री संबत् २८५७ सोनाम ल्होसार तथा हिमाली आदिवासी शेर्पा समुदायले २१४८ ग्लाल्बो ल्होसार मनाइ रहेका छन् ।मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृति पूजक मानिन्छ ।

दुबै ल्होसारको पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,नेकपाका अध्यक्ष प्रचण्ड लगायतले शुभकामना दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले दिनुभएको शुभकामना सन्देशमा देश विदेशमा रहेका सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरिएको छ ।

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा हो भन्दै राष्ट्रपति भण्डारीले विविधतामा एकतामाथि गर्वगर्ने आधार हामीलाई यी चाडवर्पले दिएको बताउनुभएको छ ।