खप्तड साँस्कृतिक परिवार टीकापुरको अध्यक्षमा जैशी चयन

गोपाल जंग थापा/
टीकापुर,कार्त्तीक,११-

खप्तड साँस्कृतिक परिवार टीकापुरको अध्यक्षमा भानुभक्त जैशी चयन भएका छन । आज साँझ सम्पन्न खप्तडको ८ औ वार्र्षिक साधारणसभाको बन्शत्रबाट जैशी अध्यक्षमा चयन भएका हुन । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा बासुदेव अधिकारी, महिला उपाध्यक्षमा कोकिला साँउद, उपाध्यक्षमा युवराज साउद, सचिवमा टंक खत्री, कोषाध्यक्षमा धना साँउद, सह कोषाध्यक्षमा विनीता साउद र सह सचिवमा कर्र्णाखर जैशी चयन भएका छन ।

यसैगरी कार्य समिति सदस्यहरुमा भक्तराज देवकोटा, हुकुम मौनी, पवित्रा घीमिर,े दीपिका साँउद, हेमराज भट्ट, समीक्षा भूल, लक्ष्मी जैसि, सुदिप विक, दीक्षा बलामी मगर, बालारम जैशी, बालराम जैशी, ममता कुमाल, चेतराज देवकोटा लगायतका रहेका छन ।

यस्तै सल्लाहकार समिति सदस्यमा मान बहादुर बटालालार्ई चयन गरिएको छ । यसअघि खप्तड साँस्कृतिक परिवार टीकापुरको आठौ वार्षिक साधारण सभाको उद्घाट्नशत्र परिवारका अध्यक्ष झनक तिमिल्सिनाको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावलले खप्तड साँस्कृतिक परिवारले यस क्षेत्रको कला संस्कृती जगेर्ना सहित समाजिक जनचेतनामूलक गतिविधीमा देखाएको अग्रसरता प्रशसनीय रहेको बताए ।

मेयर रावलले परिवारको आफ्नो भवन बनाउनका लागि सस्ंथाको नाममा जग्गा भोगचलन गर्नका लागि आफूले पहल गर्र्ने आश्वासन समेत दिए । टीकापुर क्षेत्रमा विभिन्न साँस्कतिक सस्थाको नाममा जग्गा छुट्याइएको भएता पनि यस क्षेत्रको विभिन्न साँस्कतिक गतिविधीमा विगत लामो समयदेखि सक्रिय संस्था खप्तड साँस्कृतिक परिवारको आफ्नो नाममा जग्गा नहुदा भाडामा कार्र्यालय सञ्चालन गर्नु परेको संस्थाले जनाएको छ ।

परिवारका उपाध्यक्ष मान बहादुर बटालाले स्वागत गरेको कार्यक्रममा संस्थापक अध्यक्ष गणेश बहादुर साउद, संस्थापक उपाध्यक्ष प्रदीप विष्ट, पूर्व अध्यक्ष नवराज रिमाल, सल्लाहकार उदयराम अधिकारी, राप्रपाका प्रतिनिधी राम किसन चौधरी, आजीवन सदस्य अग्नी शाह, पत्रकार पदम सापकोटा, अनेरास्ववियु कैलालीका अध्यक्ष देवेन्द्र शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।