एकैदिन कोरोना कारण ३० जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ३६ हजार ९११

फाईल तस्विर !!

काठमाडौं,कात्तिक,१९-नेपालमा बुधवार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधवारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट १ हजार ३४ जनाको मृत्यु पुष्टि भएको छ ।विगत २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १४ लाख ९४ हजार १२२ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार ३०५ जना रहेका छन् भने  आईसोलेशनमा ३६ हजार  ९११ जना रहेका छन् ।

विगत २४ घण्टामा काठमाडौं उपत्यकाका १ हजार ८७८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार  काठमाडौं जिल्लामा १ हजार ५७० जना, ललितपुर जिल्लामा १८९ जना र भक्तपुर जिल्लामा ११९ जनालाई कोरोना संक्रमण भएको हो ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले कोरोना संक्रमितहरुलाई टेलिफोनमार्फत परामर्श दिनुपर्ने  बताउनुभयो ।उहाॅंका अनुसार अवदेखि ल्याब सञ्चालन गर्ने अस्पताल वा मेडिकल कलेजले आफैं र अरुले सरकारी वा निजी अस्पतालसँग समन्वय गरी परामर्श दिने व्यवस्था गर्नुपर्ने  छ ।