नेपाली कांग्रेसले आज मतदान मार्फत संसदीय दलको नेता छान्दै

प्रधानमन्त्री एवं पार्टी सभापति देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी

काठमाडौं,पुष,६-नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागी आज मतदान हुदैछ।सर्वसम्मतले संसदीय दलको नेता चुन्न नसकेपछि आज मतदान हुन लागेको हो । 

संसदीय दलको नेताका लागी  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । 

शेखर कोइराला समूहबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेताको लागि सर्वसम्मत रुपमा संसदीय दलको नेताको उम्मेदवारी दर्ता गर्नु भएको छ ।

गगनको प्रस्तावकमा कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ,अर्का महामन्त्री विश्व प्रकाश शर्मा र सांसद प्रदिप पौडेल रहनु भएको छ ।

संसदीय दलको निर्वाचन बुधवार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ।अवसर प्राप्त हुँदा कांग्रेस संसदीय दलको नेता नै प्रधानमन्त्री हुने कांग्रेस भित्र परम्परा रहेको छ