नारी दिवसमा नरैनापुरमा विभिन्न कार्यक्रम गरियो

नरैनापुर) बाँके, फागुन, २४-
१०९औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बाँकेको नरैनापुर गाउँपालिकामा र्याली निकालिएको छ ।

दिवसकै अवसरमा दुई जना महिला कृषकलाई सम्मान गर्नुका साथै कुर्सी दौड र घैंटो फोड प्रतियोगिता पनि गरिएको छ । गाउँपालिका अन्तर्गत्को महिला तथा बालबालिका शाखा, सुआहारा कार्यक्रम, रुसुफ नेपाल र स्याक नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

कुर्सी दौड प्रतियोगितामा प्रतिमा थापा प्रथम, रुपा राना मगर द्वितिय, दिपा मौर्य तृतीय तथा अमिरा पठानिनले सान्त्वना स्थान हासिल गर्नुभएको थियो । घैंटो फोड प्रतियोगिता रुपा राना मगरले जित्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका दुई जना सफल महिला कृषक जन्नतुल पठानिन र अंकली थारुलाई सम्मान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा कुमारी चन्दले जानकारी दिनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत स्थानीय सहभागी थिए ।