बाँकेमा गाडी दुर्घटना, १२ जनाको मृत्यु, २१ जना घाइते

बाॅंके,जेठ,१९-पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डमा गम्भीर दुर्घटना भएको छ । राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

एक जनाको भने उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । दुर्घटना आइतबार राति सवा १२ बजे भएको प्रहरीले जनाएको छ । भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार एघार पुरुष र एक महिलाको मृत्यु भएको हो ।

दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ । मृतकको नामावली संकलन भइसकेको छैन । भेरी अस्पतालको शव गृहमा शव राखिएको छ ।

घाइते २० जना पुरुष र एक महिलाको भेरी अस्पतालमै उपचार भइरहेको छ । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका भएको जनाइएको छ । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए ।मृतक सबैको शव भेरी अस्पतालमा रहेको छ । बाँके प्रहरीले मृतकको सनाखत गर्दैछ ।ईमेजबाट