अस्पतालद्वारा बिल काउन्टरकै नजिकबाट रगत कलेक्शन सेवा सुरु

नेपालगन्ज,फाल्गुन,२४-
मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा अत्याधुनिक सेवा सुविधा सहितको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले अाज देखि अस्पतालमा सेवा लिन अाएका सेवाग्राहीहरुको सुविधाका लागि अस्पतालको अो-पि-डि- को बिल काउन्टर नजिकैबाट रगत कलेक्शन शुरु गरेको छ ।

अस्पतालका डेपुटी निर्देशक डा- कुमार पोखरेलका अनुसार अस्पतालमा सेवा लिन अाएका सेवाग्राहीहरु प्रयोगशाला खोज्दै अलमलमा पर्ने गरेका र बिलकाउन्टर नजिकै बाट सेवा दिदा उनीहरुलाई सजिलो हुने हुँदा उक्त कलेक्शन सेन्टर राखेको बताए ।

अस्पतालमा सेवा लिन अाएका सेवाग्राहीहरुलाई बिहानी संवाददाताले सोध्दा धेरैले अत्यन्तै राम्रो काम गरेको र यो निरन्तरता हुनुपर्ने बताएका थिए । उक्त ठाउँमा बिहान १० वजे देखि साँझ ५ बजे सम्म कलेक्शन गर्ने र प्रयोगशालाको रिपोर्ट पनि उक्त ठाउँमै दिने प्रयोगशालाका ईन्चार्ज मुनिर खानले बताए ।