वडा अध्यक्ष लाई अश्लील गालि गर्ने ६ महिला विरुद्ध सार्वजनीक मुद्धा

पवन मुडभरी/

बौनीयँ,कार्तिक,२२- 
कैलालीको बर्दगोरीया गाउपालिका वडा ३ का छ जना महिला विरुद्ध प्रहरीले सार्वजनीक मुद्धा लगाएको छ । वडा अध्यक्ष कर्ण सुनार र प्रहरी निरीक्षक लाई अश्लील गालि गरेको भन्दै प्रहरीले स्थानीय महिला विरुद्ध बुधबार सार्वजनीक मुद्धा लगाएर जिल्ला चलान गरेको हो ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरक्षक कर्ण कार्किका अनुसार स्थानीय डिला राना, शित्तल विक, शुशिला विक, करिस्मा बुढा र यमुना पुनमगर विरुद्ध सार्वजनीक मुद्धा दर्ता गरी जिल्ला प्रहरी कार्यालय कैलाली चलान गरीएको छ ।

सोमबार टिकापुरका छाडा पशुचौपाया टिकापुर नगरपालिकाको निर्देशनमा पहाडी जिल्ला बाजुरा पठाउन लग्दै गर्दा बर्दगोरीया गाउ पालिकाको वडा न ३ बुटकौवाका महिलाहरुले अवरोध गरेका थिए ।

आफुले टिकापुर नगरपालिकाको अनुरोधमा छाडा पशुचौपाया आफ्नो गाउ बाट लिन अवरोध नर्गन भने पछि महिलाहरुले वडाकार्यालयमा ढुंगामुढा संगै कर्मचारी माथि हातपात र अश्लील गालि गरेको वडाध्यक्ष कर्णसुनारले बताए ।

अध्यक्ष सुनारले मंगलबार डिला राना नेतृत्वको महिलाको समुहले वडा कार्यालयमा ढुंगामुडा र कर्मचारी माथि हातपात गर्न थाले पछि प्रहरी लाई खबर गरेको र प्रहरीलाई समेत अश्लिल गालि गरेको बताए ।