नेपालगञ्जमा बिश्व रेडियोग्राफि दिवस भब्यताका साथ सम्पन्न

डम्मर थापा मगर/

बाकें,कार्तिक, २२

नेपालगञ्जमा आज बिश्व रेडियोग्राफि दिवस भब्यताका साथ सम्पन्न भयको छ ।नेपाल रेडियोलोजिकल सोसाईटि द्वारा आयोजित उक्त कार्यक्रममा बिभिन्न अस्पतालहरुमा कार्यरत रेडियोलोजिस्टहरु र नेपालगञ्जमा रेडियोग्राफि अध्यन गराईने सम्पुर्ण कलेजहरुबाट बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बिहान सात बजे बिपी चोक देखि सुरु भयको उक्त र्याली धम्बोझीचोक, त्रिभुवन चोक, भेरि अस्पताल हुदै चार बाहिनी बाट घुमेर बी पी चोकमै आयर सम्पन्न भयको थियो ।रेडियोग्राफि आजको समय सम्म आईपुग्दा चकित्सा सास्त्रकै एउटा महत्वपूर्ण अभिन्न अङ्ग बनि सकेको छ ।

तर पनि सरकारी स्तरबाट अझै पनि गुणस्तरिय सेवा सुबिधाबाट हामी बन्चित बनिरहेका छौ । सरकारी गुणस्तरिय सेवा सुबिधा रेडियोग्राफि सम्बन्धीत काम गर्ने कार्यकर्ताहरुले पनि पाउनु पर्छ । लोक सेवा आयोगले पनि मापदण्ड परिवर्तन गरि बढी भन्दा बढि सरकारी कर्मचारी नियुक्ति गर्ने गरि कोटा खोल्नुपर्छ।

जोखिम तथा विकिरण बाट पर्ने असर भत्ता तथा जोखिम भत्ताको पनि व्यवस्था गर्नुपर्छ भन्दै उक्त कार्यक्रममा कार्यक्रमका संयोजक दिपेन्द्र झाले बताउनु भयको थियो ।

हामी संग दक्षजनसक्तिको कमी नहुदा नहुदै पनि प्राय ठाउहरुमा २-३ महिनाको तालीम दियर उनिहरुलाई काममा राख्ने गरिन्छ जसकारण लाखौ लगानि गरेर रेडियोग्राफि अध्यन गरेकाहरु बेरोजगार बन्न पुगेका छन । यस्तो प्रचलनलाई जतिसक्दो चाडो निर्मुल पार्नु पर्छ पनि बताउनु भयको थियो ।