राजधानी माग्न दाङको टोली आज काठमाडौँ जाँदै

 नरेश खड्का/

दाङ, भदौ,१७-

प्रदेश नम्वर ५ को बीच भागमा पर्ने दाङ जिल्लालाई राजधानी बनाउन जिल्लाको प्रतिनिधि टोली आज काठमाडौं जान लागेको छ । दाङ प्रादेशीक राजधानी सरोकार समितिको समन्वयमा प्रतिनिधि टोली आज काठमाडौं जान लागेको हो ।

समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको नेतृत्वमा टोली काठमाडौं जान लागेको समितिका सदस्य सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो ।

प्रियासनका अनुसार टोलीमा जिल्लाका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि काठमाडौं जान लागेको हो । टोलीले पाँचनम्वर प्रदेशभरका नेता, संसदहरुसँग छलफल गर्ने प्रियासनले जानकारी दिनुभयो ।

प्रदेशको मध्यभागमा रहेको सबै दृष्ट्रिकोणले उपयुक्त रहेको दाङमा प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा प्रधानमन्त्री, गृहमन्त्रीहरुसँग समेत छलफल गरिने प्रियासनले जानकारी दिनुभयो ।

पहिलो संविधान सभा निर्वाचन हुनासाथ २०६६ सालमा स्थापना भएर दाङलाई राजधानी बनाउनका लागि दाङ प्रादेशिक राजधानी सरोकार समितिले विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।