वडाध्यक्ष निर्बाचित भएको छोटो समयमा नै वडामा जनप्रिय कार्ययोजना

जनक सुनार/

कैलाली,भदौ,१७-
कैलाली मोहन्याल गा.पा. वडा न ७ मा निर्बाचित वडाध्यक्ष शिक्षित ब्याक्तित्व खर प्रसाद अधिकारीले आफु वडाध्यक्ष निर्बाचित भएको सानो अबधिमा नै आफ्नो बिजयी वडामा जनप्रिय कार्ययोजना गर्नुभएको छ।

मोहन्याल गापा वडा न सातमा आफ्नो बाल्यकाल बिताई र माध्यामिक तहको शिक्षा हासिल गरि उच्चशिक्षाका लागि काठमाडौ तिर पसेका अधिकारी त्यहागई आफ्नो उच्चशिक्षा अध्ययनका साथै बिद्यार्थी संगठनमा लागि राम्रो स्थान सङै त्यहाका धेरै संघसस्थामा उच्च पद्को जिम्मेवारी पाउनु भएको थियो ।

अधिकारी आफ्नो गाउमा फर्किदा एउटा शिक्षित बर्ग सङै एउटा अशल समाजसेवी र राजनीतिज्ञ बनेर फर्किए अधिकारी गाउँ फर्किने बित्तिकै सयोगबश सरकारले स्थानिय चुनाबको घोषणा गर्यो जेष्ठ ३१ मा सम्पन्न भएको चुनावमा अधिकारीले वडाको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो र वडाको बिकासको निम्ति उहाजस्तै ब्याक्ति चाहिन्छ भन्नेकुरा सबै वडाबासिको मनोबलमा पर्यो र सबैले अधिकारिको अनुहारमा केही गर्नसक्ने आटदेखि उहालाई बिजय गराए ।

अधिकारी बिजयी पश्चात् उहाले आफुलाई बिश्वास गरे बमोजिमको कामहरु गर्न थालेका छन जसमा उहाले गरेका प्रमुख कार्य भनेको अविरल बर्षाले बिगारेको मोहन्याल गापा जाने मुलबाटोको पुनर्निर्माण कार्य आफुले खाईनखाई जिल्लामा गापा तिर हात जोडेर बनाउन सफल भए ।यस्तैगरि उहाले आफू निर्बाचित वडामा विभिन्न कार्ययोजना गर्नु भएको छ ।

जसमा वडा न सातको त्रिबेणि माबि बढिगाउमा छात्रबासको लागि १०लाख बजेट्को योजना डाडामा रहेको ओखडेकोट् जाने रिङरोडको लागि १० लाखको बजेट योजना ओखडेकोट बिधालयको लागि ३लाखको तारबारको योजना डाडाका बिद्यार्थीका लागि निशुल्क शिक्षाको ब्यबस्था वडाका प्रत्येक बिधालयमा गुणस्तरीय शिक्षाको निम्ति १/१ ल्यापटप बितरणका कार्यहरु र अन्य अनगिन्ती योजनाहरु रहेका छन ।

उहाँको कार्ययोजना सम्भव नहुन सक्ने कुनै सन्का नभएको सम्पुर्ण वडाबासिको बिश्वास रहेको छ अधिकारिले आफुलाइ सहयोग गर्ने नगर्ने सबैलाई आफूले चिन्दाचिन्दै पनि अहिले वडाकार्यलयमा सम्पुर्णलाई बिना भेदभाव छिटोछरितो रुपमा सेवाहरु प्रदान गरिरहनु भयको छ । र वडाकै बिकाशकै निम्ति अधिकारी अहिले जिल्ला गापा तिर लगातार धाईरहेका छन।