समसामयीक घटनामा लेखीएको खुमा के.सी.को गजल पुरा पढ्नुहोस्

रोल्पा,पुस ६-
पहाडी भनि हेपियो आज रोल्पा रुदै छ
नेपाली पन छेकियो आज रोल्पा रुदै छ
यहि रोल्पालाई हिजो सम्म राजधानी बनाउछ भन्थेउ
तराई पहाडको माया छेकियो आज रोल्पा रुदैछ
विकासको कुरा नगर विकास विस्तारै हुन्छ हेर
चोखो माया मेटियो आज रोल्पा रुदै छ
किन आज रुदै छन रोल्पाली कोमल मनहरु
चोखो माया मेटियो आज रोल्पा रुदै छ
ज्ताततै बन्द हडताल चलिराछ रोल्पामा
दुखमा गजल लेखियो आज रोल्पा रुदै छ
नेपाल को कुरा गर्दा रुन्छ यो मन हेर
प्रदेश विभाजनमा छेकियो आज रोल्पा रुदै छ
लेखक खुमा के.सी.सृजनशिल
इरिबाङ,रोल्पा