अपडेट: हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

थप विवरण आउन बाँकि !!

1140x725काठमाडौं,असार,२६-सोलुखुम्बुको सुर्केबाट देखी काठमाडौंका लागी उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरा डाँडामा दुर्घटना भएको छ।

हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभएको छ।

‘च्यान डाँडामा चौरी गोठालाहरुले हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका अध्यक्षले बताउनुभयो। थप विवरण आउन बाँकि रहेको छ।