हेलिकप्टर दुर्घटना अपडेट : हेलिकप्टरमा सवार ५ जनाको सव भेटियो

काठमाडौं,असार,२६-सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरा डाँडामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो।

‘हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।एक जना बेपत्ता छन्।उनीहरुको पहिचान भएको छैन,’उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए।हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेका थिए।प्रहरीले घटनास्थलमा उद्धारको काम भैईरहेको उहाँले जानकारी दिनुभयो।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो।अहिले दुर्घटनास्थलमा काठमाडौंबाट गएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण गरेको छ।  हेलिकप्टरमा उद्धारकर्मीहरू सवार रहेका छन्।