अन्तरास्ट्रिय कण्डम दिवसको अवसरमा निशुल्क एचआईभि परिक्षण तथा परामर्श

नेपालगन्ज , माघ, २९-
अन्तरास्ट्रिय कण्डम दिवस १३ फेर्बुअरी २०१९ को अवसरमा बाँकेमा एड्स हेल्थ केयर फाउन्डेसन नेपालको सहयोग , जिल्ला स्वास्थ्य कार्यालयको अायोजनामा निशुल्क स्वास्थ परिक्षण तथा परामर्श शिविर गरिएको छ ।

हिजो र अाज बाँकेको नरैनापुर गाउँ पालिकाको मटैया र लक्ष्मणपुर क्षेत्रमा भेरी प्रादेशिक अस्पताल , नरैनापुर गाउँ पालिका , NSARC,JMS,NAPN लगायत एचआईभी क्षेत्रमा कामगर्ने विभिन्न संघ संस्थाहरुको समन्वयमा उक्त शिविर गरिएको थियो । उक्त शिविरमा ६०० जनाले एचआईभी जाँच गराएका थिए जसमध्ये ४ जनामा संक्रमित रहेको पत्ता लागेको ए-एच-एफ नेपालका क्षेत्रीय कार्यक्रम संयोजक संजय पौडेलले बताएका थिए ।

ए-एच-एफ- नेपालले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको समन्वयमा भोलि देशभरि विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको छ । यसै सिलसिलामा नेपालगन्जको मंगल प्रसाद माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई एचआईभी र कण्डमको महत्त्वको बारेमा अभिमुखिकरण कार्यक्रम गरिने पौडेलले बताए ।

अधिकांश एचआईभी संक्रमित असुरक्षित यौन सम्पर्कका कारणले हुने गरेको कार्यक्रम संयोजक पौडेलले बताए ।राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रअनुसार नेपालमा ३१ हजार २० जना एचआईभी संक्रमित रहेका छन् ।
त्यसमध्ये १५ देखि ४९ वर्ष उमेर समूहका वयस्कहरु बढी संक्रमित छन् । नेपालका वयस्क जनसंख्यामा एचआईभीको व्याप्ततादर ०.१५ प्रतिशत रहेको छ ।
त्यस्तै गत वर्ष एचआईभीकै कारण एक हजार तीन सय ६ जनाले ज्यान गुमाएको केन्द्रले जनाएको छ ।