शिक्षक मधुसुदन अधिकारी उत्कृष्ट प्रध्यापकको रुपमा घोषित

नेपालगन्ज,माघ,२९-
नेपालगन्जको प्रतिष्ठित क्याम्पस मध्यपश्चिम बहुमुखी क्याम्पसले मंगलबार नेपालगन्ज स्थित बाटिका होटेलमा स्नातक प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत तथा चौँथो वर्षका विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न गरिएको छ।

मोहन जंग शाहको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न वर्षमा उकृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो।

त्यस्तै क्याम्पसले उत्कृष्ट अध्यापन गराउँदै आउनु भएका प्रध्यापकहरुलाई सम्मान र उत्कृष्ट प्रध्यापकको उपाधि प्रदान गरेको छ।
जस अन्तर्गत लामो समय देखि व्यवस्थापन संकायमा अध्यापन गराउँदै आउनु भएका मेहनती शिक्षक मधुसुदन अधिकारिलाई क्याम्पसले उत्कृष्ट प्राध्यापकको सम्मान तथा उपाधी प्रदान गरेको छ।

करिव ७ वर्ष शिक्षण पेशामा आफ्नो अमुल्य समय खर्चिनु भएका अधिकारिले यस भन्दा अगाडि कुनै पनि सम्मान तथा उपाधी नपाएको बताउनु भयो ।
साथै उत्कृष्ट प्राध्यापकको उपाधी पाउँदा आफू निकै हर्षित भएको र झन अझ गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिनको लागि जिम्मेवारी थपिएको पनि उहाँले बताउनु भयो।

बिभित सांस्कृतिक कार्यक्रमबिच सम्पन्न उक्त कार्यक्रममा आँफुलाई उत्कृष्ट प्राध्यापकको उपाधी प्रदान गरेकोमा क्याम्पस परिवारलाई धेरै धेरै धन्यवाद प्रकट गर्नु भएको थियो।