ए डिभिजन लिग- आज मनाङ र च्यासल,ब्रिगेड र जावलाखेल भिड्ने

काठमाडौं,माघ,२०-शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । आजका दुवै खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा हुनेछ ।

पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् । दोस्रो खेलमा उपाधि दावेदार मनाङ मस्र्याग्दी क्लबले च्यासल युथ क्लबसँग खेल्नेछ ।

लिगमा मनाङ मस्र्याङ्दी १९ अंक सहित तेस्रो स्थानमा छ । आज जित निकाल्दै मनाङ शीर्ष स्थानमा रहेको त्रिभूवन आर्मी क्लबसँग एक अंकको दुरी बनाउन चाहन्छ ।

आर्मी क्लबको १० खेलबाट २३ अंक छ । हिजो भएको खेलमा पुलिस क्लबलाई ४–२ ले हराउँदै आर्मी क्लब तालिकाको शिर्ष स्थानमा फर्किएको हो । दोस्रो स्थानको मच्छिन्द्र क्लबको २२ अंक छ ।