एमाले नेपाल समूहको तयारीःओलीलाई हटाएर कार्यवाहक नेतृत्वसम्म लिने (दस्तावेजसमेत)

फाईल तस्विर !!

काठमाडौं,चैत,४-नेकपा एमाले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाका लागि कार्यक्रम तय गर्ने भएको छ ।

जसमा अध्यक्षबाट केपी ओलीलाई हटाएर कार्यवाहक नेतृत्व लिनेसम्म रहेको छ । नेपाल पक्षले कार्यकर्ता भेलामा वितरण गरेको दस्तावेजको १३ सूत्रीय कार्यनीतिमा यो विषय उल्लेख गरिएको छ ।

ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा आफ्नो समूहको प्रतिवेदन पेश गर्दै नेता माधवकुमार नेपालले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध राखी ओलीको स्वेच्छाचारीताविरुद्ध संघर्ष गर्ने बताउनुभएको हो ।

आफ्नो समूहको रणनीति तय गर्न सहभागीलाई दश समूहमा विभाजन गरेर छलफल चलाइएको छ भने ती समूहले आ-आफ्ना निष्कर्ष पेश गर्नेछन् । सबै सुझावलाई समेटेर तीन महिने एकीकृत रणनीति बनाइने भएको हो ।

सर्वोच्च अदालतले ओली-दाहाल नेतृत्वको नेकपालाई मान्यता दिन नसकिने भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिए पनि एमालेमा अध्यक्ष केपी ओली र नेता नेपाल पक्षबीचको विवाद सुल्झन सकेको छैन ।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेकपामा रहँदा भएको मतभेदलाई एमाले ब्युँतिसकेपछि नेपाल पक्षलाई कार्वाही गर्दा फेरि विवाद बढेको हो । यसै सन्दर्भमा आगामी दिनमा लिने रणनीति तय गर्न नेपाल पक्षले कार्यकर्ता भेला बोलाएको हो ।

हेर्नुस्, कार्यकर्ता भेलामा वितरित दस्तावेजको पूर्णपाठ,

फाईल तस्विर !!