गायीका अनिशा चौधरीको दुई दिने चोला बोलको पहिलो तिज गीत सार्वजनीक

काठमाण्डौं,साउन,२६-

नवोदित गायीका अनिशा चौधरीको दुई दिने चोला बोलको पहिलो तिज गीत आज सार्वजनीक गरीएको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलन गरी करीब ९ मीनेटको उक्त तिज गीतको अडियो, भिडियो सार्वजनीक गरीएको हो ।

गीतमा लय, शव्द र स्वर स्वयम् चौधरीकै रहेको छ । भिडियोमा करीस्मा ढकाल लगायतका कलाकारहरुको नृत्य देख्न सकिने छ । करीव १ लाखको लागतमा उक्त गीतको अडियो, भिडियो निर्माण गरीएको चौधरीले जानकारी दिनुभयो ।

(भिडीयो पनी हेर्नुहोस् )

दाङ निवासी चौधरीले एसएलसी पास गर्न नसकेपछि घरपरीवारले उहाँलाई विवाह गर्न दवाब दिएको र उहाँको गायीका वन्ने इच्छा भएकाले घरवाट भागेर संगीत सीक्न २०७१ सालमा नेपालगन्जमा आएको उहाँको भनाई छ । नेपालगन्जमा संगीत सीकाउने ठाँउहरु प्रयाप्त नभएको उहाँको दुखेसो छ ।

नेपालगन्जको होटेल प्रभातमा काम गर्दै दुई दिने चोला बोलको गीतमार्फत सांगीतिक क्षेत्रमा पहिलो पाइला राखेको उहाँले वताउनुभएको छ । स्वर्गीय वुवाको सपना गायक वन्ने भएकाले वुवाको सपनालाई आफुले पुरा गरीदिएको वताउदै उहाँले आगामी दिनमा गीत सृजना गर्ने र गायनलाई निरन्तरता दिने योजना रहेको वताउनुभएको छ ।

गीत वजारमा आएपछि अहिले घरपरीवार, आफन्तजन र साथिहरुको सहयोग पाइरहेको उहाँको भनाई छ । युट्युवमा पनि राखीएको यो गीतलाई आज शनिवारसम्म ४३ हजार वढिले हेरीसकेका छन् ।