बैकर्स एसोसिएसनद्वारा वृहत रक्तदान

के-पी-घिमिरे/
कोहलपुर,साउन,२५-
नेपाल बैकर्स एसोसिएसन क्लब कोहलपुर शाखाले अाज कोहलपुरमा वृहत् रक्तदान गरेको छ ।कोहलपुर बैकर्स क्लबको अायोजनामा र नेपाल रक्तसञ्चार केन्द्र कोहलपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

रगतको अभाव भएको बेलामा रक्तदान कार्यक्रम गरेकोमा अाभार व्यक्त नेपाल रक्तसञ्चार केन्द्र कोहलपुर शाखाका प्रमुख राजेन्द्र महतराले बताउनु भएको थियो । उहाँका अनुसार उक्त कार्यक्रममा ५३ जनाले रक्तदान गरेका उहाँले बताउनुभयो ।