झापा जादै कान्छा अभियान्ता के पि

काठमाण्डौं,साउन,२४- 

पछिल्लो समयमा धेरै युवाका प्रेरणाका स्रोत बनेका नेपालका कान्छा समाजिक अभियन्ता केपि खनाल ,कहिले हुम्ला-जुम्ला त कहिले तराइ मधेस अनि कहिले काठमाडौका गल्लि-गल्तीमा म बदलिन्छु ,मेरो देश बद्लिन्छ भन्दै विभिन्न कार्यक्रममा सहभागी हुने गर्दछन् ।

नेपालका कान्छा अभियान्ता के पि खनाल

सानै उमेर देखी रेडियो पत्रकारिताबाट समाजसेवामा लागेका के पि खनाल अहिले क्लिन काष्ठमण्डप सफाइ अभियान र बाजुरामा रहेका अनाथ बालबालिकाका लागी करिव आधी करोडको लगानिमा नमुना बालगृह निर्माणमा लागेका छन् । देख्न मा र उमेर मा निकै साना भए पनि उनका बिचार र क्रियाकलाप देखेर धेरै नेपाली प्रवाभित भएको पाइन्छ ।

यसैबिच अन्तरास्ट्रिय युवा दिवस २०१८ को अवसरमा दमक पब्लिक लाइब्रेरी को आयोजनामा यहि साउन २६ शनिबारका दिन बृहत सास्कृतिक तथा सम्मान कार्यक्रम र बिर्तामोड सरसफाइ अभियानको ११४औ सृन्खलामा सफाइ अभियानमा पनि समिल हुने स्रोतले जनाएको छ ।