नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता विश्वकर्मा पक्राउ

चरणबद्ध संघर्षको घोषणा,२९ गते नेपाल बन्दको आह्वान (विज्ञप्ती सहित)

काठमाडौं,साउन,२३-

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले बुधबार काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो ।उनी संगै कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालिकोटका हरिचन्द्र आचार्य पनि पक्राउ परेका जनाइएको छ ।उनीहरुमाथि उद्योगी–व्यापारीहरुलाई धम्क्याएर ७ करोड रुपैयाँ चन्दा असुली गरेको आरोप लगाइएको छ ।

विश्वकर्मा २०६५ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीसमेत थिए । माओवादी पार्टी विभाजनमा वैद्य समूहमा लागेका उनी पछि चन्दतिर लागेका थिए । हाल उनी सो पार्टीको प्रवक्ता छन् । यस्तै काठमाडौं जिल्ला अदालतले बुधबार आज विश्वकर्मालगायतलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यसैबिच : नेकपा कम्युनिष्ट पार्टीका महासचिव विप्लवले प्रवक्ता प्रकाण्ड गिरफ्तारप्रति आपत्ति जनाउँदै संघर्षका कार्यक्रम घोषणा गरेका छन् । विप्लवले यही साउन २९ गते नेपाल बन्दको घोषणा समेत गरेका छन् । विप्लवले आज विज्ञप्ति जारी गर्दै विप्लवले सम्पूर्ण राजनीतिक मूल्य मान्यतालाई मिच्दै ओली प्रचण्ड सरकारले कायरतापूर्ण गिरफ्तारी गरेको भन्दै आपत्ति समेत जनाएका छन् ।

साथै बिनाकारण गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डसहित सम्पूर्ण पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य र अन्य नेता कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे कडा संघर्षमा जाने चेतावनी दिएका छन् ।केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउदै गएको भन्दै महासचिव विप्लवले सरकारको यसप्रकारको रबैयाको कडा प्रतिवाद गर्न पनि सबै साच्च लोकतान्त्रिक र देशभक्त शक्तिहरुलाई आवहान गरेका छन् ।

विज्ञप्ति यस्तो छ ।