प्रदेश नं. ५ का संसदीय दलका नेता पोख्रलद्वारा नगरकार्यपालीका भवनको उत्घाटन

रबि रोकाया/

बाँके,माघ,२२-
कोहलपुर नगरपालिका कार्यालयको भवन उत्घाटन गरिएको छ ।
कोहलपुर चौराह मा नगरकार्यपालिकाको भवन उत्घाटन गरिएको हो । प्रदेश न ५ का मानिनिय संसदय दलका नेता नेकपा एमालेका नेता शकर पोख्रेलले विभिगत रुपमा कार्यालय रिवन काटी उत्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रदेश न ५ का एनम् नेकपा एमाले का प्रमुख सचेतक भूमेश्वर ढकालले कोहलपुरको विकासका खाका तयार गर्न नगरकार्यपालिका लाई सुझाव दिए । भावि मुख्य मन्त्रिका रुपमा हेरीएका शकर पोख्रेले कोहलपुरको विकास शिक्षा क्षेत्रमा महत्वपूर्ण गतव्य रहेको बताए ।

पोख्रेलले कोहलपुर तिब्र गतिमा विकास हुनेमा आफु विस्वस्त रहेको बताउदै कोहलपुर कणाली क्षेत्रको लाफई लाईन रहेको बताउदै प्रदेश न . ७ को केन्द्रका रुपमा समते कोहलपुर महत्वपूर्ण स्थानामा रहेको बताए । पोख्रेरले मानसरोवर जाने गतव्य यही बाके रहेको बताउदै आवश्यक योजना बनाई ठुला ठुला पार्कहरु निर्माण गर्नु पर्ने सुझाव राखेका थिए ।

संसदीय दल नेता पोख्रेलले योजना बनाउँदा आगामी ५० वर्ष सम्म टिकाउ रहने दिर्घकालिन योजना बनाउँन नगरकार्यपालिका लाई आग्रह गरे ।कोहलपुर नगरकार्यपाकिला का प्रमुख लुट बहादुर रावतले कोहलपुर को विकासका लागि आएका सुझाव अनुसार नै गृह कार्य गर्ने बताउदै कोहलपुर को सपना समृद्धि विकास नै रहेका ले भावि मुख्य मन्त्रि ज्यू बाट कोहलपुरको विकास लागि डुडुवाको नहर व्यवस्था पन गर्न आवश्यक बजेटको जोहमा सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका बाके जिल्ला अध्यक्ष असोर कोइराला जिल्ला कमिटी सदस्यहरु पूर्व गाविस सचिव अम्बर खत्री लगाएत का कार्यपालिका सदस्य सरकारी तथा गैर सरकारी निकाय सुरक्षा प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।