कोरोना भाइरसविरुद्ध खोपको पहिलो पटक मानवमा परीक्षण गरिँदै

काठमाडौं,चैत्र,३-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ ।अमेरिकामा यो खोपको पहिलो पटक मानवमा परीक्षण हुन लागेको हो ।सोमबार हुने यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् ।

संक्रमित नभएका ती स्वयंसेवीहरूले  खोपका विभिन्न मात्रा लिने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको खोप परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो ।

पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ ।एम.आर.एन.ए–१२७३ नामकरण गरिएको यो भ्याक्सिनलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ ।

खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश नरहेको बताइएको छ । त्यसमा मेसिन्जर आरएनएको सानो भाग भएको जनाइएको छ ।बिरामीको कोषलाई भाइरसको संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ ।(एजेन्सी)