संसदमा एमसीसी सम्बन्धी प्रस्ताव टेबल

एमसीसी संझौतामा हस्ताक्षर गरेका मन्त्री कार्कीले पाए टेबुल गर्ने पनि अवसर

विरोध र नाराबाजीबीच संसदमा पेश भयो एमसीसीसम्बन्धी प्रस्तावकाठमाण्डौं,फागुन,८-सरकारले अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा टेबल  गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्तारुढ र प्रतिपक्षी सांसदको अवरोधबीच एमसीसी संसदमा टेबल गर्नु भएको हो।तत्कालील अर्थमन्त्री कार्कीलेनै एमसीसी संझौता गर्नुभएको थियो ।
 
वर्तमान सरकारमा संचारमन्त्री रहनुभएका कार्कीले नै आज टेबुल गर्नुभएको हो । प्रतिनिधिसभा नियमावली, २०७५ को व्यवस्थाअनुसार कार्कीले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्नुभएको हो।
 
संसद सुरु हुँदै नेकपा एमालेले चर्को नाराबाजी गरेको थियो। त्यस्तै माओवादी केन्द्र, जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टीले पनि संसदमा नाराबाजी गरेका थिए ।

एमसीसी टेबल हुदाँ क-कसले गरे विरोध!!

कार्कीले सम्झौता टेबल गर्न प्रस्ताव गर्दा सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका केही सांसदले उठेर विरोध गरेका थिए।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुर्सीमा बसिरहनुभयो, उहाँसंगै रहनु भएका कृष्णहादुर महराले उभिएर विरोध गर्नु भएको थियो। गिरिराजमणि पोखरेल र केही सांसदले पनि उठेर विरोध जनाउनु भएको थियो ।

एकीकृत समाजवादीका सांसदहरुको अवस्था पनि त्यस्तै रह्यो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले रोष्ट्रममै पुगेर नाराबाजी गरे भने केहीले उठेर विरोध गरेका थिए।

यसबैच नेकपा एमालेका सांसदहरुले भने प्रतिनिधिसभाको बैठक सुरु हुँदादेखि नै रोष्ट्रममा नाराबाजी गरेका थिए । पहिले रोष्ट्रममा नाराबाजी गर्न नगएका नेता भीम रावल सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेश गर्न रोष्ट्रममा पुगेपछि भने उठेर नाराबाजी गरेका थिए । नेमकिपाका प्रेम सुवाल, जनमोर्चाकी दुर्गा पौडेलले पनि विरोध गरे ।