नेपालगञ्जमा लोकतान्त्रिक गठबन्धनको बृहत् प्रचारात्मक र्याली

नेपालगञ्ज,मंसिर,१४-
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि प्रचारप्रसार गर्न ४ दिन मात्र बाँकि रहँदा लोकतान्त्रिक गठबन्धनले आज(विहीबार) नेपालगञ्जमा बृहत् प्रचारात्मक र्यालीको आयोजना गरेको छ ।

कांग्रेस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनले केहीबेरमै राप्रपाको पार्टी कार्यालय अघिबाट बृहत् प्रचारात्मक र्याली निकाल्ने तयारी गरेको राप्रपाका नेता ऋषि देवकोटाले बताउनुभयो । र्याली त्रिभुवन चोक, धम्बोझी चोक, विपी चोक हुँदै पुनः त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत हुने उहाँले जानकारी दिनुभयो ।

र्यालीमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ओमप्रकाश आजाद, प्रदेशसभा क का उम्मेदवार निरन्जनसिंह सिंजापति, प्रदेश सभा ख का उम्मेदवार सुरेन्द्र हमाल लगायत कांग्रेस राप्रपाका नेता कार्यकर्ता र सुभेच्छुकको सहभागिता रहनेछ ।