कञ्चनपुरमा चुनावी प्रचार प्रसार तीव्र

इन्द्र कार्की/

महेन्द्रनगर,मंसिर,१४-   

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिती मंसिर २१ गते नजिकिदै जादाँ कञ्चनपुरमा चुनावी सरगर्मी वढेको छ । दोस्रो चरणमा हुन लागेको चुनावका लागि विभिन्न पार्टिका उम्मेद्वार तथा कार्यकर्ताहरु आआफनो पक्षमा मतदाताहरु लाई रिझाउन सभा,सम्मेलनका साथै घरदैलो गर्दै प्रचार कार्यमा व्यस्त छन् । गाउँ देखि सहर, रुख, भित्ता,घरका भित्ता, विधुतका पोल आदि चुनावि प्रचार प्रसारका समाग्रीहरुले झकिझकाउ देखिन्छन् ।

कञ्चनपुरमा विभिन्न पार्टिहरु चुनावि मैदानमा उत्रे पनि नेपाली कांगेस्र (लोकतान्त्रि गठवन्धन) र संयुक्त बाम गठबन्धनका उम्मेद्वारहरु वीच नै कडा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यि पार्टिहरुले आआफनो उम्मेद्वार र पार्टिका घोषणा पत्र सार्वजनिक गरि सकेका छन् ।

अव मतदाताहरुले कसलाई पत्याउने हुन हेर्न भने मंसिर २१ नै पर्खनुपर्ने हुन्छ । यसै क्रममा कञ्चनपुरका तीनवटै क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारहरु आफनो पक्षमा मत परिणाम ल्याउन तीव्रताका साथ प्रचार प्रसारमा लागेका छन् ।

कञ्चनपुर क्षेत्र नं.१ मा प्रतिनिधि सभाका लागि कांगेस्रका दिवान विष्ट र वाम गठवन्धनका तर्फवाट बिना मगर,क्षेत्र नं.२ मा कांगेस्रका प्रभावशाली नेता तथा पुर्वमन्त्रि एन.पी. साउँद, वाम गठवन्धनका विधार्थी नेता नर वहादुर धामी र कञ्चनपुर क्षेत्र नं. ३ मा कांगेस्रका अर्का प्रभावशाली नेता तथा पुर्वमन्त्रि रमेश लेखक र बाम गठवन्धनका तर्फवाट डा.दिपक प्रकाश भट्ट चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । कञ्चनपुरमा प्रतिनिधि सभाका उम्मेद्वारहरुको प्रचार प्रसार भन्दा प्रदेश सभाका उम्मेद्वारहरुको चुनावी प्रचार फितलो देखिएको छ । देशभर नै वाम र लोकतान्त्रिक गठवन्धन वीच मुख्य चुनावी प्रतिस्पर्धा रहेको अवस्थामा कञ्चनपुरमा पनि दुवै गठवन्धनका उम्मेद्वारहरु आफनो पक्षमा परिणाम ल्याउन जोडतोडका साथ लागेका छन् ।

पछिल्लो समयमा दुवै गठवन्धनका उम्मेद्वारहरु चुनावी प्रचारका क्रममा समाजिक सञ्जालहरु र भाषणमा एक अर्का विरुद्ध उत्रेका छन् । सभा तथा घरदैलो गर्दै उम्मेद्वारहरुले विकास र दिगो लोकतन्त्रका लागि मत वटु्ल्दै छन् । गत स्थानिय तहको निर्वाचनमा कञ्चनपुरमा नेकपा एमालेको पकड क्षेत्रको रुपमा देखिएको थियो ।

विभिन्न कार्यक्रमहरु साथै घरदैलो कार्यक्रममा युवा र पाका उमेरका मतदाताहरुको सहभागिता उल्लेख्य रहने गरेको दावी दुवै गठवन्धनका उम्मेद्वारहरुको छ । यहि मंसिर २१ गते हुने दोस्रो चरणको चुनावका लागि १८ गते देखि मौन अवधि सुरु हुनेछ सो अवधिमा चुनावी प्रचार प्रसार गर्न पाइदैन ।