नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड बिच ठोस सहमतिका लागि छलफल चल्दै

फाईल तस्विरमा : नेकपाका अध्यक्षद्वय
काठमाडौं,साउन,१९-नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड सोमबार बिहानै बालुवाटारमा छलफलमा जुटेका छन्।आइतबारको बैठकमा कुनै सहमति नभएपछि फेरी छलफलमा जुटेका हुन् । 

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन्। बिहान सवा ९ बजेदेखि जारी छलफल महिना दिनभन्दा बढी समयदेखि पार्टीभित्र भइरहेकाे गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ।

‘उहाँहरु छलफलमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘विवाद समाधानका लागि ठोस सहमति गर्न प्रयत्न भइरहेको छ।’आइतबार भएको छलफलमा ओली-प्रचण्ड दुवैले आआफ्ना अडान नछाडेपछि सहमति हुन सकेको थिएन।

जारी विवाद स्थायी कमिटी बैठकबाट टुंगो लगाउने कि सचिवालयबाट भन्नेमा कुरा नमिलेको हो।प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा पदबाट राजीनामा दिन ओलीले अस्वीकार गरिरहेका छन्।