भोली ४५ जिल्लामा सार्वजनीक बिदा : गाडी समेत नचल्ने

काठमाडौं,मंसिर,२०-

 दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भोली बिहिबार यातायात सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन हुन लागेका ४५ जिल्लामा यातायात नचल्ने र बाँकी ३२ जिल्लामा भने कुनै रोकावट हुनेछैन ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै सुरक्षा निकायका सवारी साधन, निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी साधन र अन्यावश्यक सेवाका कुनै पनि सवारीसाधन बेलुका ७ बजेमम्म सञ्चालनमा रोक लगाइएको छ । मन्त्रालयले भोली बिहिबार ४५ जिल्लामा सार्वजनिक बिदा पनि दिएको छ ।

(गृहमन्त्रालयको सूचना )