नेपाललाई थप ९ करोड २० लाखको स्वास्थ्य सामग्री दिने चीनको घोषणा

फाईल तस्विर !!

काठमाडौं,बैशाख,१४-चीनका विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गर्नु भएको छ।

उहाँले नेपाललाई ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र प्रदीप ज्ञवाली समेत सहभागी रहेको एक भिडियो कन्फ्रेन्समा उहाँले सो प्रतिबद्धता जनाउनु भएको थियो ।

PradeepGyawali Minister Nepal

नेपाल, अफगानिस्तान, बंगलादेश, चीन, पाकिस्तान र श्रीलंकाका परराष्ट्रमन्त्री सहभागी रहेको सो भिडियो कन्फ्रेन्समा परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड-१९ महामारीको सामना गर्न र संकटबाट आर्थिक उत्थान गर्न लागि क्षेत्रीय सहयोग बढाउनुपर्नेमा जोड दिनु भएको थियो ।

कोरोना महामारीको सुरुको चरणदेखि नै चीनले नेपाललाई बिभिन्न ढंगबाट सहयोग प्रदान गरिरहेको छ।