आजको राशिफल ।। फाल्गुन ५ गते शुक्रबार

काठमाण्डौ,फाल्गुन,५-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ५ गते शुक्रबार, (फेब्रवरी १७ तारिख ) फाल्गुन कृष्ण द्धादशी तिथि।

आज फाल्गुन ५ शुक्रबारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । शेयर बजारमा पनि उतारचढाव आइ रहनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्ला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन जोशजाँगर र हिम्मत बढ्नेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन आकस्मिकह धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । व्यापार व्यवसायमा फाइदा होला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन आकस्मिक धन लाभ हुनेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । बाहन लाभ हुने समय छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन यात्रामा बिघ्नबाधा आइलाग्नेछ । आहार विहारमा विशेष सावधानी अपनाउनु होला नत्र स्वास्थ्यमा समस्या बढ्न सक्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल