एमसीसी टेबल भयो अब पास हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं,फागुन,८-संसदमा एमसीसी टेबल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पास हुने बताउनु भएको छ ।

उहाँले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताउनु भएको हो । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उहाँले अब पारित हुने प्रतिकृया दिनुभयो।

प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उहाँलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा उहाँले, ‘अब पास हुन्छ ।’ भन्ने जवाफ दिनु भएको थियो। संसदमा एमसीसी टेबल भए पछि अहिले नयाँ वानेश्वर बाहिर विरोध भैईरहेको छ ।