गायक तथा सर्जक गणेश घर्ती मगर मोड्लिङमा पनि जम्दै

काठमाण्डौं,फागुन,२०-

नेपाली लोक संगितमा उदाउदै गरेका नवगायक गणेश घर्ती मगरले फेरी आफ्नै मोड्लिङमा नयाँ गित बजारमा ल्याएर आएका छन् । प्रदेश न.५माण्डबी गाउपालिका रम्दी २प्युठानमा जन्मिएका घर्तीले गित मात्र गाउने नभएर शब्द,संगीत पनि आफै गर्ने गरेका छन् ।

यती मात्र नभएर उनले आफ्नै मोड्लिङमा गित पनी बजारमा ल्याएका हुन् ।पछिल्लो समय उनी  मोड्लिङमा पनी जम्दै आएका छन । एक बर्ष भित्रमा उनले आफ्नो शब्द,संगीत र आफ्नै स्वरमा ३ वटा गीत बजारमा लिएर आएका छन् , भने अर्को उनको संगीतमा रहेको गीत बजारमा आउने तयारिमा रहेको उनले बताएका छन् ।

उनले गायनको साथ साथै ३ वटा गीतमा पनि मोड्लिङ गरिसकेका छन ।भर्खर उनले अभिनय गरेको २ वटा गीत बजारमा आएको छ।आफ्नो शब्द,संगीत रहेको धड्कन गीतमा चर्चित मोडल करिष्मा ढकालसंग उनले अभिनय गरेका छन्, भने “सम्झनालाइ यहि पछौरी दिउला “ बोलको गीतमा बिनु माझीसंग अभिनय गरेका छन। उनलाई गित संगितको यात्रामा सफलता मिलोस् बिहानी अनलाईन परिवारको तर्फबाट हार्दिक शुभकामना छ ।

(घर्तीको अभीनयमा रहेको गितको भिडीयो अबश्य हेर्नुहोस् )