१७९ तोला चाँदीका गहनासहित एक जना भरतपुरबाट पक्राउ

Image Not Foundचितवन,जेठ,१९-चितवनमा ठूलो परिमाणमा चाँदीका गहनासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका  वडा नं. ११ स्थायी ठेगाना  भई हाल जिल्ला नवलपरासी ( पूर्व ) गैंडाकोट नगरपालिका वडा नं. ५ बस्ने बर्ष २४ को कुमार बि.क.रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित भोजाडबाट उनी पक्राउ परेका थिए । निजको  साथबाट बिना बिलको १७९ तोला २८ लाल हालको  मूल्य २ लाख २८ हजार १९७ रुपैयाँ बराबरको चाँदीका गहना बरामद गरिएको हो ।

प्रहरीले विकले  चढ्दै आएको प्र.०३–००२ प ७०६६ नं. को १५० सि.सि. को पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ । बरामद सामानसहित उनलाई पनि नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि  राजस्व अनुसन्धान कार्यालय पथलैया  पठाइएको प्रहरीले बताएको छ ।