डोनाल्ड ट्रम्प र किम जोंग बिच आज ऐतिहासिक भेटवार्ता हुँदै

सिंगापुर,जेठ,२९-

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच आज सिंगापुरमा एक ऐतिहासिक भेट हुँदैछ ।

दुबै देशका नेता अर्थात् अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोंग उन भेटघाटका लागि सिंगापुर पुगिसकेका छन् । 

अमेरिकाले भेटघाट अपध उत्तर कोरियालाई आफ्नो परमाणु कार्यक्रम बन्द गर्नुपर्ने शर्त राखेको थियो । तर यसको बदलामा उत्तर कोरिया के चाहन्छ त्यो स्पष्ट हुन भने सकेको थिएन ।

तर अब उत्तर कोरियाली नेता किम जोंग उनले डोनल्ड ट्रम्पसँगको आफ्नो भेटघाटको एजेन्डा केही हदसम्म स्पष्ट पारेका छन् ।उनका अनुसार उनी ट्रम्पसँग ‘पूर्णतः शान्ति स्थापित गर्ने तरिका’ बारे कुराकानी गर्नेछन् ।

यसअघी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनी उत्तर कोरियाका नेता किम जोङ–उनसँग हुने वार्ता शान्तिका लागि ‘वन–टाइम सट’ हुने बताउनु भएको थियो ।

यसैगरी आजको एैतीहासीक सामूहिक भेटवार्तापछि उनीहरुका बीचमा एक्ला एक्लै भेटवार्ता हुने छ। एक्ला एक्लै भेटवार्तामा उनीहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन्। त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन्। 

यसैबिच : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किनुहुने भएको छ ।

अपेक्षा गरिएभन्दा चाडो उनी वार्ता भए लगत्तै बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ। वार्ता सकिने वित्तिकै ट्रम्प सोही बेलुका ८ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्नेहुनेछ । उनीहरूबीच आज बिहान नौ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ।