एनआरन जापान क्युस्युद्धारा धुर्मुससुन्तली फाउन्डेसन लाई आर्थिक सहयोग

मिलन मगर/

काठमाण्डौं,जेठ,२९-

एनआरन जापानको क्युस्युले  धुर्मुससुन्तली फाउन्डेसन लाई आर्थिक सहयोग गरेको छ ।धुर्मुस सुन्तली फाउन्डेसनलाई एनआरन क्युस्युका अध्यक्ष लक्ष्मण बानिया आफै नेपाल आइ धुर्मुससुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई रकम हस्तान्तरण गर्नुभएको एनआरएन क्युस्युका प्रबक्ता ज्योति केसिले जानकारी दिनुभयो ।

बानिया ब्यक्तिगत रुपमा पनि निकै सहयोगी रहेका र संस्थालाई पनि कार्यकालको छोटो समयमा धेरै प्रगति गर्न सफल भएकोले उहांको पूर्णकार्यकालमा संस्थाको अझै प्रगति हुने विश्वास लिएको संस्थाका सदस्य शिव शर्माले जानकारी दिनुभयो ।

जापानको क्युस्यु क्षेत्रमा मात्र नभइ जापानको जुनसुकै क्षेत्रमा पनि आवश्यक परेको खण्डमा सहयोग गर्दै आएको छ ।एनआरएन क्युस्युले नेपालको बिकासको लागि पनि आफु सक्दो सहयोग गर्ने र नेपालमा पर्यटन भित्राउन जापानिजलाई नेपालको बारेमा सबै खाले कार्यक्रम चलाई राख्ने संस्थाका प्रबक्ता ज्योति केसिले बताउनुभयो ।