एकै दिन थप ९०२ जनामा कोरोना संक्रमण, २२८७ जना डिस्चार्ज, ६ जनाको मृत्यु

काठमाडौं,भदौ,२३-पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जना संक्रमित थपिएका छन् ।

यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।पछिल्लो २४ घण्टामा २२८७ जना कोरोना संक्रमणबाट निको भइ डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।पछिल्लो २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको भएको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।