स्वास्थ्य लाभको कामना

 भक्तपुर २६ बैशाख ,

रफत सञ्चार क्लब केन्द्रीय समितिले क्लबका बाँके जिल्ला सचिव र कोषाध्यक्षको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

क्लबको भक्तपुरस्थित केन्द्रीय समितिले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी बाँके सचिव निकाता लामिछाने र कोषाध्यक्ष लक्ष्मी गौडेलको सिघ्र स्वास्थ्य लाभको कामना गरेको हो ।

सचिव लामिछनेको स्कुटर दुर्घटनामा हातको अपरेसन तथा क्लवकी कोषाध्यक्ष लक्ष्मि गौडेलको खुुट्टाको रड निकाल्नुपर्ने भएको कारण दुबै जनाको स्वास्थ्य लाभको कामना गरिएको छ ।

लामिछाने र गौडेल रिपोटिङका क्रममा गएको अबस्थामा केही दिनअघि दुर्घटनामा परेका थिए ।