आज तिजको दर खाने दिन

तिजको पहिलो दिन विभिन्न परिकार बनाई दर खाएर मनाइँदै

kharibotकाठमाडौं,भदौ,२०-हिन्दु नेपाली महिना नारीहरुको महान पर्व हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज दर खाई मनाईदै छ।

विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ।माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ।

दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ।जसले व्रतका दिन आडिलो बनाउँछ।तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् ।

आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ।तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।

यसैविच : आज नेपालमा मानव बेचबिखन विरुद्ध राष्ट्रीय दिवस विभीन कार्यक्रम गरि मनाईदैछ।नेपालमा आजकै दिन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। तर विडम्बना नेपालमा यो दिवस औपचारिक कार्यक्रम गरेर मनाए पनि यसले कुनै अर्थ भने राखेको छैन्।वर्षो देखी नेपालमा नक्कली भुटानी शरणार्थी बनाएर विभिन्न नाममा बेच्न नेपालका राजनीतिक दलका नेताहरु अग्रसर देखिन्छन्।

गत वर्ष केहि उच्च अहोदामा रहेका व्यक्तीलाई सरकारले पक्राउ गरे पनि त्यसको मुल नाईके पक्राउ पर्न सकेका छैनन्।