पुरुषोत्तम सिग्देलको मार्मिक मन छुने “छोरो” बोलको गित सार्बजनिक

छोरो तिम्रो देश त नेपाल तिर हो

जापान,फाल्गुन,१८-

पछिल्लो समय : समय सान्दर्भीक सामाजीक गितमा कलम चलाउदै नेपाली लोक गीत संगीतको क्षेत्रमा प्रवेश गर्नु भएका सर्जक पुरुषोत्तम सिग्देलले फेरी अर्को आफ्नै शब्द,संगीत र स्वरमा “छोरो नामक बोलको गीत आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गर्नुभएको छ ।

अाजभोली हरेक नेपाली रोजगारीको शिलशिलामा विदेश पलायन हुने क्रम बढ्दो चलिरहेको छ । यसै अवसरमा विदेशी भुमीमा रहेर वैवाहिक जिवन बिताउने नेपाली दम्पतीहरु धेरै विदेशका राष्ट्रहरुमा पाईन्छ ।

यिनै कुराहरुलाई मध्यनजर गर्दै सर्जक तथा गायक सिग्देलले छोरो नामक गीत ल्याउनु भएको हो । उक्त गितमा हरेक विदेशमा जन्मिएका नेपाली छोरा,छोरीलाई जन्म जुन देशमा भएतापनी वास्तविक पुर्खाको थलो नेपाल मै हो , भन्ने भाव ब्यत्त गर्न खोजिएको छ।

किनकि मान्छेहरु यताको उता उताको यता हुन्छौं , हामी जो जहाँ रहेता पनी हाम्रो देश उहि हो, हाम्रो माटो उहि हो ।हाम्रो राष्ट्रियता के हो ? ति विदेशमा हुर्किएका नेपाली नाबालक छोरा छोरीहरुलाई आफ्नो पुर्खाको राष्ट्रियता र देश प्रतिको भाव बुझिने यथार्थ कुराहरु छोरा बोलको गितमा अभिप्रेरित भएको पाउन सकिन्छ ।

त्यसैले जुन गितमा भनिएको छ विदेशी भुमिमा जन्मिएका छोरा छोरीहरुले राम्रो संग शिक्षा त प्रदान गर्लान तर आफ्नो देश कुन हो ? आफ्नो राष्ट्रिय मौलीकता के हो ? भोलीका दिनमा यी विदेशमा जन्मेर हुर्किएका छोरा छोरीले आफ्नो देश कसरी चिन्न सक्लान भोली आफ्नो देश बिर्सिने पो हुन कि भन्ने खालका तथानाम प्रश्नहरु उब्जीएका हुन्छन् । सायद तिनै कुराहरुको बारेमा चिन्ता गरेर हुनुपर्छ, सर्जक तथा गायक सिग्देलले चिन्तन गरि छोरा बोलको गित सार्वजनीक गर्नुभएको छ ।

त्यसैले अब विदेशी भुमीमा नेपाली आमाबुवा बनेर बस्नु भएका हरेक नेपालीले पनी चिन्ता गरेर चिन्तन गर्नु पर्ने बेला भएको यो गित सुनि सकेपछि सिक्नु पर्ने र सिकाउनु पर्ने कुराको सन्देश लिन सकिन्छ ।

(गितको भिडीयो हेर्नको लागी दिएको लिंकमा क्लिक गर्नुहोला )

यो गित प्रबाशी म्युजिकको प्रस्तुतीमा रहेको छ । जुन गितको म्युजिक भिडियो नेपालको सिग्देलको आफ्नै थलो भिमाद १ तनहुँ हुँक्का भन्ने ठाँउ र जापानको फुकुओकामा खिचिएको हो । म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गर्नु भएको हो भने सम्पादन बिष्णु शर्माले गर्नुभएको हो ।

गितको एरेन्जर गायक सागर विरहीले गर्नुभएको हो ,भने निर्देशक प्रकाश भट्टको रहेको छ । जुन गितको अभिनयमा सर्जक तथा गायक स्वयम पुरुषोत्तम सिग्देल र प्रयास सिग्देल लगायतको अभिनय हेर्न सकिन्छ ।

उक्त गीतलाई छोरो नामांकन गरिएतापनि गीतले विदेशमा जन्मिएका सबै छोराछोरीलाई प्रतिनिधित्व गर्नेमा आफू विस्वस्त भएकोले यसबाट आत्मसन्तुष्टि हुने सर्जक तथा गायक सिग्देलले बताउनुभयो ।

आगामी दिनमा नेपाली गित संगितको क्षेत्रमा यो गितले बढी भन्दा बढी चर्चा बटुल्न सकोस् यहाँको साँगितिक यात्रा सफल र शुभ रहोस् हाम्रो बिहानी अनलाई परिवारको तर्फबाट यहि छ शुभकामना साथै गितले लाखौं लाख दर्शकको मन जितोस् भन्दै हार्दिक शुभेच्क्षा पनी प्रकट गर्दछौं ।