प्रादेशिक महोत्सव २०७५ आजबाट सुरु,सहरी बिकास मन्त्रीद्वारा उद्घाटन

नेपालगन्ज,फाल्गुन,१९-
नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजना आजबाट नेपालगन्जमा फाल्गुण १९ गते देखि “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” सुरु भएको छ ।

महोत्सवको उद्घाटन सहरी विकास मन्त्री ईस्तियाक राईले गर्नु भएको छ । मन्त्री राई महोत्सवको उद्घाटन गर्ने कार्यक्रमका लागि शनिबार गृहनगर आईपुग्नुभएको थियो।

महोत्सव उद्घाटन को दिन आज बिहान ९ बजे संघको कार्यालय त्रिभुवनचोकबाट बिशाल झाँकी निकालिएको थियो। बिभिन्न भाषा, भाषी, कला, संस्कृतिकको बिबिधतालाई समेटेर अत्यन्त आर्कषक झाँकी निकालिएको झाँकी व्यवस्थापन समितिकी उपसंयोजक मन्दिरा पाण्डेले जानकारी दिनुभयो ।

झाँकीमा पहिलो पटक दुईवटा उँट समेत समावेश गराइएको छ। भारतको राजस्थानबाट उँट ल्याईएको हो । झाँकी महोत्सवस्थल सडक डिभिजन परिसर, कारकाँदोमा पुगेपछि समुद्घाटन कार्यक्रम शुरु भएको प्रचार प्रसार उपसमितिका संयोजक टंक बहादुर धामीले जानकारी दिनुभयो ।

वि.सं. २०५७ साल देखि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ । विगत झै यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोर्गाथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष बैश्यले बताउनुभयो ।

महोत्सवमा तीन सय बढि स्टल रहेका छन् । आयोजकका अनुसार फाल्गुन १९ देखि २९ गते सम्म लाग्ने महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने छ ।