हिसानकप अन्तर्गत ब्याडमिन्टन खेलको फाइनल प्रतियोगिता सम्पन्न

नेपालगन्ज,फाल्गुन,१८-
नेपालगन्जमा जारी पाँचौ हिसानकप अन्तर्गत शनिबार ब्याडमिन्टन खेलको फाइनल प्रतियोगिता सम्पन्न भएको छ।

शनिबार भएको छात्रको एकल ब्याडमिन्टन खेल तर्फको उपाधि सेन्थथोमसका संगम पुन २१/१० अंकले जितेका छन भने छात्राको एकल खेलमा आदर्शकी समीक्षा न्यौपाने २१/९ को सोजो सेटमा उपाधी हात पार्न सफल भइन।

त्यस्तै छात्र तर्फको डबल खेलमा जिभिएनलाई पराजित गर्दै सेन्थथोमसले उपाधी हात पार्यो भने छात्रा तर्फको डबल खेलमा आदर्शले सेन्थथोमसलाई हराउँदै जित हाँसिल गर्न सफल भएको ब्याडमिन्टन खेल प्रशिक्षक रियाज अन्सारिले बताए।