नेपालमा एकैदिन कोरोनाका कारण ७ जनाको मृत्यु ,८५५ जना संक्रमित थपिए

मृतकको संख्या १६४ पुग्यो

काठमाडौं,भदौ,९-नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसंगै मृतकको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । मृतकमा एक महिला र छ पुरुष हुन् ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ८५५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।थपिएकामा काठमाडौं उपत्यकामा दुई सय ३२ जना रहेका छन् ।

जसमा काठमाडौंमा १९९, ललितपुरमा १९, भक्तपुरमा १४, रुपन्देहीमा ६९, सर्लाहीमा ५८, रौतहटमा ४४ तथा धनुषामा ४२ जना संक्रमित थपिएका हुन् ।

हाल सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५० रहेको छ ।१५ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट मुक्त भएका छन् ।

योसंगै निको हुनेको संख्या १९ हजार १ सय १९ रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको छ ।हाल देशका मुस्ताङ र हुम्ला जिल्लामा मात्र कोरोना संक्रमित रहेका छैनन् ।